प्रधानमन्त्री कप : दोस्रो खेलमा लुम्बिनी विजयी

कैलालीको धनगढीमा जारी प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा लुम्बिनी विजयी भएको छ । फाप्ला क्रिकेट मैदानमा सुरु भएको खेलमा बागमती प्रदेशलाई पराजित गर्दै लुम्बिनी विजयी बनेको हो ।

टस जितेर पहिले व्याटिङ गर्दै बागमती प्रदेशले २० ओभरमा ७ विकेट क्षतिमा ७५ रन बनायो । बागमतीका लागि हेलिशा गुरुङले २८ रन बनाइन् । अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् ।

लुम्बिनीका लागि मधु डिसीले ३ विकेट र सुस्मिता भुषालले २ विकेट लिइन् । नेरी थापा र सरस्वती जिएमले एक एक विकेट लिइन् ।

लुम्बिनी प्रदेशले १२ दशमलव ५ ओभरमा ३ विकेट क्षतिमा विजय लक्ष्य हासिल गरेको छ । लुम्बिनीलाई जिताउन कप्तान सरस्वती जिएमले सर्वाधिक २९ रन बनाइन् ।

नितु भण्डारीले १४ रन बनाउँदा टीमले १४ रन नै अतिरिक्त पायो । बागमतीका लागि अस्मिना कर्माचार्य, आरती विडारी र खुशी डंगालले एक एक विकेट लिइन् ।


३ पुस २०७८, शनिवार १८:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु