कैलालीमा घाटी रेटिएको अवस्थामा युवकको शव फेला

कैलालीमा घाटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । जिल्लाको जानकी गाउँपालिका– ९ का २५ वर्षीय अरुण दासको घाटी रेटिएको अवस्थामा शव फेला परेको हो ।

दासको स्थानीय अमरावती सामुदायिक वनमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

उनले घटनास्थलमा प्रहरी टोली खटिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।


३ पुस २०७८, शनिवार १८:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु