आफ्नै पार्टीले गर्दै आएको संंसद अवरुद्धबारे बोले रावल, उठाए गम्भीर प्रश्न
नेकपा एमालेका नेता भीम रावलले आफ्नै पार्टीले गर्दै आएको संसद अवरुद्धबारे मुख खोलेका छन् । उनले सरकारका कामकारबाही गर्न दिएर संसद अवरुद्ध गर्नुको औचित्यमाथि प्रश्न उठाएका हुन्।
सामाजिक सञ्जा ट्वीटरमा धारणा राख्दै उनले लेखेका छन्– ‘संसदमा कसैलाई बोल्न नदिएर होहल्लाकाबीचमा एमसीसीसँगको सम्झौता अनुमोदन गर्न पो लागिएको हो कि ?’
उनले सरकारका कामकारबाही गर्न दिएर संसदका बैठक अवरुद्ध गर्ने कुराको औचित्य के हो भन्दै प्रश्न गरेका छन् । उनले अगाडि लेखेका छन्– ‘यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाकाबीचमा एमसीसीसँग गरेको सम्झौताअनुमोदन गर्ने खेल त होइन ? यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ।’
नेता रावल सुरुवातदेखि नै एमसीसी परियोजना राष्ट्रहित विपरित भएको भन्दै विरोध गर्दै आएका छन् ।
सरकारका कामकार्वाई गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको अैाचित्य के हो? यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसी संग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन? यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ।
— Dr. Bhim Rawal (@BhimRawal179) December 15, 2021
१ पुस २०७८, बिहीवार १०:०९ बजे प्रकाशित































