कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । बुधबार अबेर राति सकिएको मत गणना अनुसार सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेदवार खड्का र शेखर कोइराला पक्षबाट गुरुङ विजयी भएका हुन् ।

खड्का २१२१ र गुरुङले १९०८ मत प्राप्त गरे । उपसभापतिका अर्का आकांक्षी विजयकुमार गच्छदार दुई मतले पराजित भए । उनले १९०६ मत प्राप्त गरे ।

यस्तै चन्द्र भण्डारीले १५८० मत पाएका छन् । उपसभापतिका अर्का उम्मेदवार सुजाता कोइरालाले ६४४, महेश आचार्यले १५८९ र दिव्या शाहले १३२ मत प्राप्त गरे ।

सोमबार भएको मतदानमा उपसभापति दुई पदका लागि उनीहरुले उम्मेदवारी दिएका थिए । जम्मा ४,७४३ मतदातामध्ये चार ४,६७९ मत खसेको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।

सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापतिमा निर्वाचित भइसकेका छन् ।

अब महामन्त्रीको मतगणना विहान ८ बकेदेखि सुरु गर्ने तयारी गरिएको छ ।


१ पुस २०७८, बिहीवार ०४:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु