कप्तान ज्ञानेन्द्रसहित चार खेलाडीलाई कारबाही, सन्दीप नयाँ कप्तान

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई राष्ट्रिय टिमको कप्तान बनाएको छ ।

साविकका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई कारबाही गर्दै क्यानले सन्दीपलाई कप्तान बनाउने निर्णय गरेको हो ।

अनुशासन उल्लंघनबारे छानबिन गर्न गठित समितिको सिफारिसका आधारमा क्यानले मल्ल र ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरुका ६ महिना सहभागी नगराउने निर्णय पनि गरेको छ । यस्तै राष्ट्रिय टिमको बन्द प्रशिक्षण पोखरामा डिसेम्बर २१ देखि शुरु गर्ने निर्णय पनि क्यानले गरेको छ ।

सेन्ट्रल कन्ट्र्याकमा असन्तुष्टि जनाउँदै चारजना खेलाडीले मिडियामा अन्तरबार्ता दिएको भन्दै क्यानले छानबिन गर्न समिति गठन गरेको थियो ।

 


२९ मंसिर २०७८, बुधवार १९:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु