सुदूरपश्चिममा माओवादीको प्रदेश अध्यक्ष सर्वसम्मत बनाउन कसरत
नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष सर्वसम्मत रूपमा चयन गर्न कसरत थालिएको छ।शनिबारदेखि सुरु भएको पार्टीको सुदूरपश्चिम प्रदेश प्रथम सम्मेलनबाट नयाँ नेतृत्व छनोटका लागि गृहकार्य सुरु भएको हो।
प्रदेश अध्यक्ष पदका लागि सहमति खोज्ने प्रयास जारी रहेको माओवादी नेताहरूले बताएका छन्। आकांक्षीहरू धेरै छन् तर तीमध्येबाट एकजना छान्नका लागि सहमतिको प्रयास जारी रहेको एक नेताले बताए।उनका अनुसार केही बेरपछि बन्दसत्र सुरु हुनेछ। बन्दसत्रमै बहस तथा छलफल गरी अध्यक्ष छनोट हुने उनले बताए।
सम्मेलनलबाट ९ पदाधिकारीसहित २२३ जनाको प्रदेश कमिटी चयन हुनेछ। उनले अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी ९ जना पदाधिकारी सहित २२३ जना प्रदेश कमिटी चयन हुने बताए। त्यसबाहेक १० प्रतिशत सदस्य मनोनीत गरिने उनले बताए।
२६ मंसिर २०७८, आइतवार १७:२० बजे प्रकाशित































