punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

छैन ‘ओमिक्रोन’को प्रवाह, उस्तै छ मुग्लान पस्नेको लाइन

Chaupati
safha napa

कोरोना भाइरसको तेस्रो लहर अर्थात नयाँ भेरियन्ट ‘ओमिक्रोन’ छिमेकी देश भारतमा पनि फैलिइरहेको छ । भारतमा ओमिक्रोन संक्रमण पुष्टि भएपछि नेपालमा पनि जोखिम बढेको छ । यद्यपि अहिलेसम्म नेपालमा भने यसको संक्रमण फैलिएको छैन । तर भारतसंगको खुला नाकामार्फत भइरहेको निर्वाध आवात÷जावतले ओमिक्रोन संक्रमणको जोखिम भने छ ।

कोरोनाको डेल्टा भेरियन्ट भन्दा पनि तीब्र संक्रमण क्षमता रहेको भनिएको ओमिक्रोन भारतमा फैलिइरहँदा नेपालीहरु दैनिक रोजगारीको सिलसिलामा धारतमा गइरहेका छन् । ओमिक्रोनको कुनै प्रवाह नै नगरेर नेपालीहरु सीमा नाका हुँदै दैनिक भारतका विभिन्न शहर पस्न बाध्य छन् ।

ओमिक्रोन फैलिएको भएपनि घर परिवार पाल्नकै लागि भएपनि विदेशिनुपर्ने बाध्यता रहेको कैलाली र कञ्चनपुरसंग जोडिएको भारतको गौरीफन्टा नाका हुँदै भारतको महाराष्ट्र जान लागेका अछामका दिपक खातीले बताए ।

‘खेतीपातीको काम पनि सकियो, अब रोजगारीका लागि भारत नगई हुँदैन,’ उनले भने, ‘कोरोनाको डर मानेर बसिराखौं भने खान पुग्दैन ।’ उनले आफूलगायत धेरै साथीहरु कामका लागि भारत गइरहेको बताए ।

रोजगारीकै सिलसिलामा भारत जान लागेका कैलालीको लम्कीचुहाका प्रेम रावलले पनि कोरोनाकै डर मानेर नेपालमै बस्नुपर्ने अवस्था नरहेको बताए । उनले नेपालमा रोजगारी नभएकै कारण पनि आफूजस्ता युवाहरु रोगको प्रवाह नगरेर कामका लागि विदेशिनुपरेको दुखेसो पोखे ।

‘कोरोनाको अर्को भेरियन्ट नफैलियोस् भनेर नाकामा कडाई गर्न सुरु गरिएको भएपनि रोगलाई भोकले नछेक्ने रहेछ,’ उनले भने, ‘अब जस्तोसुकै कोरोनाको भेरियन्ट आएपनि कुनै प्रवाह छैन । सकेजति सुरक्षित भएर काम गर्ने हो । नेपालमै बस्ने अवस्था हाम्रो छैन ।’

सीमा नाका हुँदै सामान्य अवस्थामाझैँ नेपाली नागरिक भारत गइरहेका छन् । उनीहरु गौरीफन्टा नाकामा लाइन बसेर विदेशिइरहेका छन् । यो नाका हुँदै दैनिक पाँच सय हारारीमा नेपाली नागरिक भारत गइरहेका छन् ।

‘अहिले गौरीफन्टा नाका हुँदै दैनिक चारदेखि पाँच सयसम्म नेपाली नागरिकहरु भारत गइरहेका छन्,’ सीमानाकामा खटिएका कञ्चनपुरको प्रहरी चौकी पच्कडियाका असई गौरीशंकर चौधरीले भने, ‘नेपाल आउने र बाहिरिने नेपालीहरुको संख्या करब बराबरी नै छ ।’ उनले यही मौसममा नेपालबाट भारत जानेको संख्या बढी हुने गरेको बताए ।

खेतीपाती गरेर नेपालीहरु रोजगारीका लागि यही मौसममा भारत जाने गर्छन् । भारतमा ओमिक्रोन संक्रमण बढेर नेपालमा पनि जोखिम बढिरहेका बेला भारत जाने नेपालीहरुको संख्यामा कमी आएको छैन ।

ओमिक्रोनको जोखिम बढेपछि सीमा क्षेत्रमा कोरोना चेकजाँचमा कडाई गरिएको सीमामा खटिएका धनगढी उपमहागनरपालिकाका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले बताए । भारतमा कोरोना भाइरसको ओमिक्रोन चेरियन्छ फैलिँदए गएपछि उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सुझाव छ ।


२६ मंसिर २०७८, आइतवार १७:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु