punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप २५४ जनामा कोरोना संक्रमण, २३४ जना निको

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा थप २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।६ हजार २६८ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ४ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा १२जना गरी २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्‍यु भएको छ भने २३४ जना संक्रमणमुक्त भएका छन् ।आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ भने ८ लाख ६ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८९० जना रहेका छन् । जसमध्ये ५ हजार ६०१ जना होम आइसोलेसनमा रहेका छन् भने २८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ११८ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।यस्तै १० वर्ष मुनिका ४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३० जना कोरोना संक्रमित थपिएका छन् ।

 


२६ मंसिर २०७८, आइतवार १७:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु