विमलेन्द्र निधिले दिए सभापतिमा उम्मेदवारी
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उपसभापति विमलेन्द्र निधिले पनि उम्मेदवारी दर्ता गराएका छन् ।शनिबार दिउँसो भृकुटीमण्डपस्थित निर्वाचन समितिको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका छन् ।
उनको प्यानलबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
२५ वर्षसम्म सभापति शेरबहादुर देउवासँग सहकार्य गरेका निधिले १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न देउवालाई आग्रह गरेका थिए । तर देउवाले आफैं सभापतिमा उठ्ने बताएपछि निधिले छुट्टै उम्मेदवारी दिएका हुन् ।
२५ मंसिर २०७८, शनिवार १७:४७ बजे प्रकाशित































