punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एनआरएनए विवाद : प्रमुख निर्वाचन आयुक्त पौडेलले दिए राजीनामा

Chaupati
safha napa

गैरआवासीय नेपाली संघमा विवाद चर्किएपछि निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त लिलामणि पौडेलले राजीनामा दिएका छन्।नेपाल बार एसोसिएसनका महासचिवसमेत रहेका पौडेलले संघमा अध्यक्ष कुमार पन्तलाई राजीनामा बुझाएका हुन्।

स्रोतका अनुसार पौडेलको राजीनामासँगै कार्यवाहक निर्वाचन आयुक्तमा राम प्रताप थापालाई जिम्मेवारी दिइएको छ।पछिल्ला घटनाक्रमले संघको डिसेम्बर २६ र २७ मा हुने भनिएको निर्वाचन झनै अन्योलमा परेको छ ।

संस्थापन पक्षले निर्वाचनको तयारी गरिरहेका बेला कुल आचार्य पक्षले भने निर्वाचनमा सहभागी हुने कुनै संकेत देखाएको छैन। प्रतिनिधि विवाद पहिले सुल्झाएर मात्रै निर्वाचन हुनुपर्ने आचार्य पक्षको माग रहेको छ।

 


२५ मंसिर २०७८, शनिवार ०८:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु