punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पौडेल समूहले टुङ्याउन सकेन सभापतिको साझा उम्मेदवार

Chaupati
safha napa

अक्षलेकाँग्रेसको संस्थापनइतर पक्षले सभापतिमा साझा उम्मेदवार अगाडि सार्ने सकेको छैन । सभापतिको साझा उम्मेदवार टुङ्गो लगाउन भनेर बसेको नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठक विनानिष्कर्ष टुंगिएको छ।

शुक्रबार राति अबेरसम्म काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठक निष्कर्षविहीन बनेको हो। सहमति नजुटेपछि सभापतिका आकांक्षी नेताहरु एक/एक गर्दै बैठकबाट बाहिरिएका छन्।

संस्थापनइतरका नेता बलबहादुर केसीले साझा उम्मेदवार तय गर्न नसकिएको बताए। उनले अब दुई जना उम्मेदवार हुने र आधिकारिक उम्मेदवार को हुने भन्नेबारे शनिबार बिहान टुंगो लाग्न सक्ने बताए।

बैठक चलिरहँदा कार्यकर्ताहरुले साझा उम्मेदवार टुंगो लगाउन दबाब दिँदै नाराबाजीसमेत गरेका थिए। कांग्रेसको संस्थापन इतर पक्षबाट सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह र डा शेखर कोइराला आकांक्षी छन्।

संस्थापन पक्षबाट सभापतिमा फेरि शेरबहादुर देउवा नै उम्मेदवार हुने निश्चित छ। शुक्रबार महाधिवेशनको उद्घाटन सभामा नै देउवाले आफूलाई फेरि एकपटक सभापति जिताउन महाधिवेशन प्रतिनिधिमाझ अपिल गरेका छन्।

संस्थापन इतर पक्षका नेताहरु सभापतिमा साझा उम्मेदवार अगाडि सार्ने भनेर सोमबारदेखि नै छलफलमा रहे पनि सहमति जुट्न सकेको छैन।


२५ मंसिर २०७८, शनिवार ०५:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु