punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

Chaupati
safha napa

मानवअधिकार आयोगले राष्ट्रपतिलाई आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन बुझाएको छ ।आयोगका अध्यक्ष तपबहादुर मगरले बिहीबार आयोगको २०७७र७८ को वार्षिक प्रतिवेदन बुझाएका हुन् । आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवेदन बुझाउने व्‍यवस्था छ ।

प्रतिवेदनमा आर्थिक वर्ष २०७७(२०७८ मा आयोगमा परेका उजुरीहरु, उजुरीउपर भएका छानविन तथा अनुसन्धान विवरण, नेपाल सरकारलाई गरिएका सिफारिसहरुलगायत मानव अधिकार संरक्षण र संवर्द्धनमा आयोगबाट वर्षभरि भएका कार्यहरुको उल्लेख गरिएको छ । साथै, मानव अधिकारको संरक्षण र संम्वद्र्धनका लागि आगामी दिनमा गरिनुपर्ने सुधारसम्बन्धी विवरण समेत प्रतिवेदनमा समावेश छ ।

प्रतिवेदन बुझ्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा अझै पनि जातीय विभेद, महिला हिंसा, बोक्सीको आरोपमा कुटपिट तथा अमानवीय व्यवहार, छाउपडी जस्ता मानव अधिकार उल्लंघनका घटनाहरु भइरहेको बताउँदै यस प्रकारका घटनाहरु दोहोरिन नदिनका लागि आर्थिक उन्नति, शिक्षा तथा चेतना अभिवृद्धिमा जोड दिनुपर्ने धारणा राखिन् ।

यस्तै प्रतिवेदन पेश गर्ने क्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले संविधानले प्रदान गरेको हक अझै सहज रुपमा नागरिकले उपभोग गर्न नसके बताए ।उनले भने, ‘ मुलुकमा बाल विवाह, महिला हिंसा, मानव बेचबिखन जस्ता समस्याहरूको विद्यमानता, पीडितहरूको न्यायमा पहुँच सरल, सहज र सुरक्षित हुन नसक्नु, समाजमा जातीय भेदभाव कायम रहनु र स्वास्थ्य सेवामा सबैको पहुँच हुन नसक्नुबाट संविधानप्रदत्त हक अझै सहज रुपमा नागरिकले उपभोग गर्न सकेका छैनन्।’

साथै उनले आप्रवासी कामदारहरूमाथि श्रम शोषण, यौन शोषण, सीमान्तकृत समुदाय, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, महिला, जेष्ठ नागरिक, लैङ्गिक अल्पसंख्यक तथा प्राकृतिक प्रकोप, बाढी र भूकम्पबाट प्रभावितहरूको मानव अधिकार अवस्थामा सन्तोषजनक सुधार हुन नसकेको हुँदा अवस्था सुधारका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

 


२३ मंसिर २०७८, बिहीवार १७:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु