भारतमा ओमिक्रोन : थप दुई संक्रमित थपिए, तीव्र बन्दै संक्रमण
छिमेकी देश भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण तीव्र बनेको छ । पछिल्लो पटक मुम्बाईमा थप दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।
दक्षिण अफ्रिकाबाट आएका थप दुई जनामा ओमिक्रोन संक्रमण भेटिएको भारतीय अधिकारीहरुले जनाएका छन् । यो सँगै भारतमा नयाँ भेरियन्टबाट संक्रमित हुनेको संख्या २३ पुगेको छ ।
भारतीय अधिकारीहरुका अनुसार महाराष्ट्रमा मात्र अहिलेसम्म १० जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । कर्नाटकमा दुई जनामा, गुजरातमा १ जनामा र नयाँ दिल्लीमा १ जनामा संक्रमण पुष्टि भएको छ।
२१ मंसिर २०७८, मंगलवार ०५:५० बजे प्रकाशित






























