punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ठेकेदारको लापरबाहीले बैतडीमा अक्सिजन प्लान्टमा ढिलाइ

Chaupati
safha napa

कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को खतरा बढिरहेका बेला जिल्ला अस्पताल बैतडीमा अझै पनि अक्सिजन प्लान्ट स्थापना हुन सकेको छैन।ठेकेदार कम्पनीको लापरबाहीका कारण प्लान्ट स्थापनाको काममा ढिलाइई भएको हो।

गत असारमै प्लान्ट स्थापना गरिसक्ने गरी हेल्थ केयर काठमाडौंसँग सम्झौता भए पनि हालसम्म पनि जडान हुन सकेको छैन।उक्त कम्पनीसँग १ करोड १७ लाखमा ठेक्का सम्झौता भएपनि हालसम्म पनि जडानको काम हुन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिए।

सम्झौता सम्पन्न गरिसक्ने मितिले ५ महिनामा समेत प्लान्ट जडानको काम हुन सकेको छैन्। उनले भने, ‘अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने सम्म सामग्री पुगेका छैनन्, सबै सामान पुगेपछि जडानको काम हुन्छ।’

प्लान्ट जडान स्थापना हुन अझै एक महिना लाग्ने डाक्टर जोशीले बताए। यसका साथै प्लान्ट जडान गर्न भवन समेत बनिसकेको छैन। जिल्ला अस्पतालको नयाँ निर्माणाधिन भवन पछाडि भवन निर्माण गर्ने भनिए पनि अहिले सम्म शुरुवात हुन सकेको छैन।

कोरोना महामारीको दोस्रो लहरलाई मध्यजनर गर्दै अक्सिजन प्लान्ट स्थापना गर्न सरकारले बजेट छुट्याएको भएपनि ढिलाइ हुँदा समस्या भएको छ। प्लान्ट स्थापनाका लागि संघीय सरकारबाट एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट रु ८० लाख बजेट प्राप्त भएको थियो। त्यसपछि अस्पतालले बोलपत्र आह्वान गरी उक्त सप्लायर्स छनोट भएको थियो।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन छिमेकी भारतलगायत विभिन्न देशहरुमा तीव्र गतिमा फैलिरहेको अवस्थामा बैतडीमा पनि पूर्वतयारी आवश्यक रहेको भए पनि प्लान्ट जडानको काम हुनै सकेको छैन।

कोरोनाको दोस्रो लहर फैलिएका बेला बैतडीमा अक्सिजनकै अभावमा धेरै बिरामीहरूलाई रेफर गर्नुपरेको थियो। सोही कुरालाई मध्यनजर गरेर अक्सिजन प्लान्ट जडान गर्ने भनिए पनि समयमा प्लान्ट जडान नहुँदा बैतडीबासी समस्यामा पर्ने भएका छन्।

जिल्लामा प्लान्ट नहुँदा सिलिन्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्था छ। प्लान्ट स्थापना भएपछि आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सकिने जनाइएको छ। उक्त प्लान्ट ५० शैय्याको अस्पतालका लागि पनि सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रमुख डा जोशीले भने ,‘प्लान्ट स्थापनाले ५० श्ययाको अस्पताल सञ्चालनमा आएपछि त्यसका लागि पनि सहयोग पुग्छ, कोरोनाका बिरामीका लागि मात्रै नभएर अन्य शल्यक्रिया, सघन उपचार कक्ष सञ्चालनका लागि पनि सजिलो हुन्छ।’भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको छ। हाल यहाँ कोरोनाका ४ जना मात्रै सक्रिय संक्रमित रहेका छन्।

 


२० मंसिर २०७८, सोमवार १६:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु