punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सास स्टीलको शाखा धनगढीमा

Chaupati
safha napa

धनगढीमा सास स्टील प्रालिको शाखा सञ्चालनमा आएको छ । कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले एक कार्यक्रमकाबीच बिहीबार सास स्टिल प्रालिको शाखा उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले प्रदेश राजधानी धनगढीमा सास स्टीलको शाखा सञ्चालनमा आएपछि उपभोक्ताहरुले सर्वशुलभ रुपमा सेवा प्राप्त गर्ने बताए । उनले यसले केही युवाहरुले पनि रोजगारीको अवसर पाउने बताए ।

No description available.सास स्टील प्रालिका सञ्चालक चेतनसिंह हनियाले घर निर्माणका लागि जगदम्वा स्टिलको फलामका सम्पूर्ण सामाग्रीहरु पाइने बताए ।सेवागाहीलाई सिमेन्ट, जस्तापाता, सटरका सामान, पाइपहरु र हार्डवेरका सामानहरु सबै उपलब्ध गराउने उनले बताए ।

धनगढीमा झण्डै १० करोड रुपैयाँको लागतमा शाखा सञ्चालनमा ल्याएको सास स्टीलको मुख्य शाखा हेटौडा र अर्को शाखा बुटवलमा पनि छ ।

No description available.


१६ मंसिर २०७८, बिहीवार १९:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु