punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मेला हेर्न गएका व्यक्ति मृत फेला, हत्याको आशंका

Chaupati
safha napa

मेला हेर्न गएका बैतडीको सिगासका एक व्यक्ति आज मृत अवस्थामा फेला परेका छन्।सिगास गाउँपालिका-८ का ५० वर्षीय कटकसिंह बोहरा मृत भेटिएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

मंसिर १३ गते राति कालपोखरी कैलपाल मन्दिरमा मेला हेर्न गएका बोहरा बिहीबार दिउँसो ३ बजेतिर कालपोखरी भन्ने ठाउँमा मृत फेला परेका हुन्।बोहरा मृत फेला परेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय पाटन र शिवलिंग प्रहरी चौकीको टोली घटनास्थलतर्फ गएको छ।

बाटोबाट करिब २ सय ५० मिटर तल भीरमा बोहराको शव फेला परेको खबर आएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताए।उनले भने, बोहराको कसरी मृत्यु भयो भनेर अहिले नै भन्न सकिने अवस्था छैन, प्रहरी टोली घटनास्थल पुगेपछि थप कुरा थाहा हुन्छ। प्रहरी टोली भोलि मात्र त्यहाँ पुग्छ होला।’

यता, बोहराका आफन्तले भने हत्याको आशंका गरेका छन्। उनीहरूले घटनाको विषयमा थप छानबिन गर्नुपर्ने बताएका छन्।


१६ मंसिर २०७८, बिहीवार १९:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु