punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी–८ मा निर्मित स्वास्थ्य केन्द्र भवनको उद्घाटन

Chaupati
safha napa

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा निर्मित आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ । बुधवार एक कार्यक्रमकाबीच धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशिला मिश्र भट्टले संयुक्त रुपमा भवन उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख वडले वडा नम्बर २ बाहेक नगरका १८ वटा वडामा एक हप्ता भित्रै स्वास्थ्य केन्द्रको भवन सञ्चालन गर्ने तयारीमा रहेको बताए । उनले एक महिना भित्र १९ वटै वडामा स्वास्थ्य केन्द्रको भवन सञ्चालनमा आउने उनको भनाइ छ ।

उनले आजैका दिनदेखि टोल टोलमा गएर वृद्ध, वृद्धा र ज्येष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँच गर्न आधारभूत स्वास्थ्य केन्द्रका प्रमुखलाई निर्देशन समेत दिएका छन् ।‘जति पनि वडामा स्वास्थ्य केन्द्र सञ्चालनमा आएका छन् त्यसमा पहिलो प्राथमिकता भन्नेकै त्यसै वडाका नागरिकलाई दिनुपर्छ’ उनले भने ।

पर्यटकीय रुपमा यस वडालाई बनाउने उद्देश्यले सिटीहललगायत पार्कका रुपमा तालहरु निर्माण गर्न लागिएको उनले बताए । आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणको लागत झण्डै ९० लाखको हाराहारीमा रहेको वडाध्यक्ष नारायणप्रसाद बरालले बताए ।

सम्झौताको एक वर्ष अगाडि नै भवन निर्माणको कार्य सम्पन्न भएको उनको भनाइ छ । कार्यक्रममा राजनीतिक दल, स्वाथ्यकर्मी, स्वास्थ्य सयमसेवीका, स्थानीय नागरिकलगायत प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 


१५ मंसिर २०७८, बुधवार १६:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु