नगर प्रमुख वडद्धारा सिटीहलको अवलोकन
धनगढी उपमहानगरपालिकाका वडा नम्बर ८ मा निर्माणाधिन सिटीहलको धनगढीका नगर प्रमुख नृपबहादुर वडले अवलोकन गरेका छन् ।
बुधवार वडाध्यक्ष, उपमहानगरपालिकाका कर्मचारीलगायत राजनीति दलका प्रतिनिधिसहितको टोली लिएर नगर प्रमुख वडले सिटीहलको अवलोकन गरेका हुन् ।
एक हजार क्षमताको सिटीहल केही वर्षदेखि निर्माण हँुदै आइरहेको छ । हालसम्म सिटीहलको भौतिक प्रगति ९० प्रतिशत सम्पन्न भइसकेको छ ।
१५ मंसिर २०७८, बुधवार १६:४७ बजे प्रकाशित































