punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत, एमाले सांसद अनुपस्थित

Chaupati
safha napa

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन्। प्रदेशसभामा विश्वासको मतका लागि उनले गरेको प्रस्तावअनुसार २२ मत प्राप्त गरेका हुन्।विपक्षमा शून्य मत परेको सभामुख राजबहादुर शाहीले बताए।

मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत परेको र यो कर्णाली प्रदेशसभाको सदस्य सङ्ख्याको बहुमत भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको सभामुख शाहीले घोषणा गरे।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र) का १२, नेकपा (एकीकृत समाजवादी) का ३ र राप्रपाका १ प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका छन्।प्रदेशसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेशसभा सदस्यहरु अनुपस्थित रहेका थिए।

 


१५ मंसिर २०७८, बुधवार १६:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु