punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यसवर्ष सुदूरपश्चिम महोत्सव हुने

Chaupati
safha napa

सुदूरपश्चिमको आर्थिक विकासका लागि निरन्तर सञ्चालन हुँदै आएको सुदूरपश्चिम महोत्सव यस वर्ष हुने भएको छ । गत वर्ष सरकारले कोरोनाको कारण देखाउँदै मेला महोत्सव गर्न रोक लगाएसंगै १४ औँ संस्करणको महोत्सव स्थगित भएको थियो ।

यस वर्ष भने महोत्सव आयोजना गर्ने तयारी गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले देशभर मेला÷महोत्सव आयोजना गर्ने घोषणा गरेसंगै सुदूरपश्चिम महोत्सव पनि आयोजना गरिने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

उनले छिटै नै ठाँउ पहिचान गर्दै राजनीतिदल, स्थानीय प्रशासन, नागरिक समाजलगायत पत्रकारहरुसंग सुझाव सल्लाह लिएर पुस महिना भित्रै महोत्सको आयोजना गरिने बताए ।

यसअघि तत्कालिन संघीय प्रहरी इकाई प्रहरी कार्यालयको खुला मैदानमा महोत्सव आयोजना हुँदै आएको भएपनि अहिले उक्त कार्यालय सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा स्तरोन्नती हुँदा महोत्सव लगाउने स्थान अभाव भएको अध्यक्ष कुँवरले बताए ।२०६३ सालदेखि प्रत्येक वर्ष सुदूरपश्चिम महोत्सव हुँदै आएको थियो ।


१४ मंसिर २०७८, मंगलवार १९:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु