प्रियंका चोपडा र निक जोनसबीच सम्बन्धविच्छेदको चर्चा
प्रियंका चोपडा र निक जोनसबीच सम्बन्धविच्छेद हुन लागेको हो कि भन्ने चर्चा चलेको छ । तर यसको वास्तविकता बाहिर आएको छैन ।
खासमा प्रियंकाले आफ्नो इन्स्टाग्राममा आफ्नो नामबाट जोनस थर हटाएकी छिन् । त्यसपछि उनको सम्बन्धविच्छेदको चर्चा बढेको हो ।
यही बीचमा निक जोनसको एउटा भिडियोमा प्रियंका चोपडाको प्रतिक्रियाले यो कुरा हल्ला मात्र हुन सक्ने संकेत गरेको छ ।
सम्बन्धविच्छेदको चर्चा चल्न थालेपछि निकले एउटा फिटनेस भिडियो शेयर गरेका छन् ।
निकको यो भिडियोमा प्रियंकाले कमेन्ट गरेकी छिन् । प्रियंकाले प्रतिक्रिया दिँदै लेखेकी छिन् ‘तिम्रो अंगालोमा मरिसकें ।’
प्रियंकाको यो प्रतिक्रियाले उनीहरुको सम्बन्धविच्छेद हल्ला मात्र हुन सक्ने संकेत दिएको छ ।
७ मंसिर २०७८, मंगलवार १२:५३ बजे प्रकाशित












