प्रेस सेन्टर कैलालीको अध्यक्षमा भट्ट
प्रेस नेपाल कैलालीको अध्यक्षमा तेजराज भट्ट चयन भएका छन् । प्रेस सेन्टर कैलालीका अध्यक्ष हरिष बिकको अध्यक्षतामा शुक्रबार भएको पाँचौ जिल्ला अधिबेशनले भट्टको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो।
कमिटीको उपाध्यक्षमा झलनाथ खनाल र निर्मला खडायत, सचिव मंगलमा बास्कोटे, सहसचिव जनार्दन उपाध्याय र टिआर कठरिया, कोषाध्यक्ष राम दहित चयन भएका छन् ।
यस्तै, कमिटीको सदस्यमा दुर्जन चौधरी, मोतिराम चौधरी, प्रविन चौधरी, भक्तबहादुर विक, बविता भट्ट, वर्षा सुनार, खेमराज पाण्डे र दिपक टमट्टा चयन भएका छन् ।
साथै भेलाले प्रदेश प्रतिनिधिमा धनराज विक, घनश्याम पौडेल, सुरेन्द्र ताम्राकार, बलराम भगोरिया र कमला चौधरीलाई चयन गरेको छ ।
३ मंसिर २०७८, शुक्रवार १८:४७ बजे प्रकाशित












