टीकापुरका सबै वडा पूर्ण साक्षर घोषणा
टीकापुर नगरपालिकाका सबै वडाहरु साक्षर घोषणा गरिएका छन् । टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा वडाहरु साक्षर घोषणा गरिएको हो ।
टीकापुर नगरपालिकाका सबै वडाहरु साक्षर घोषणा गर्ने क्रममा शुक्रबार टीकापुरमा वडा नं. १ र २ लाई साक्षर घोषणा गर्दै ९ वटै वडाहरु साक्षर घोषणा गरिएका हुन् ।
शनिबार ४ गते टीकापुर नगरपालिकालाई साक्षर घोषणा गर्ने कार्यक्रम रहेको टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नरेश अवस्थीले बताए । कार्यक्रममा साक्षर घोषणा भएका वडाहरुलाइ प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।
सामाजिक विकास समिति संयोजक तथा वडा नं. ८ का वडा अध्यक्ष दिर्घ ठकुल्लाको अध्यक्षता भएको वडाहरु साक्षर घोषणा कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावल प्रमुख अतिथि थिए ।
३ मंसिर २०७८, शुक्रवार १९:०१ बजे प्रकाशित












