punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सालको गोलिया सहित दुई जना प्रकाउ

Chaupati
safha napa

गोरुगाडामा लुकाई छिपाई राखेको २१ क्युफिट काठ सहित दुई जना पक्राउ परेका छन् । वनको गस्ती टोलीले धनगढी उपमहानगरपालिका–११का मोहन राना र वडा नम्बर ९ बस्ने जगदीश रानालाई गोरुगाडा सहित पक्राउ गरेको हो ।

सव डिभिजन वन कार्यालय फुलबारी र धनगढीको संयुक्त गस्ती टोलीले सो काठ बरामद गरेको हो । टोलीले धनगढी उपमहानगरपालिका–११को सीता राम सामुदायिक बनबाट सालको रुख काटी चोरी निकासीको लागि धनगढी १७ को सिद्ध बाबा समुदायिक वन क्षेत्रमा लुकाएको अवस्थामा फेला पारिएको फुलबारी सब डिभिजन बन कार्यलय प्रमुख निराजन कडालले जानकारी दिए ।

सिताराम सामुदायिक बनबाट काठ सिद्दबाबा सामुदायिक बनमा राखी त्यहाँबाट बाहिर बेच्न का लागि लुकाएको अवस्थामा गोप्य सुचनाका आधारमा गस्ती टोलीले गाडामा लोड गरिएको अवस्थामा काठ बरामद गरिएको बताईएको छ ।

काठ चोरीमा सलग्न रहेका रानाहरुलाई थप अनुसन्धान र कारबाही दुबै लाई वन ऐन २०७६ र वन निमावलि २०५१ अनुसार काहबाही हुने सब डिभिजन वन कार्यलय धनगढी प्रमुख जिसन कार्कीले बताएका छन् ।


३० कात्तिक २०७८, मंगलवार १४:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु