क्षेत्रीय सभापतिमा मुडभरीको उम्मेदवारी घोषणा
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापतिका लागि धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा काँग्रेस नेता सन्तोष मुडभरीले उम्मेदवारी घोषणा गरेका छन ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीको निवास रहेको धनगढी उपमहानगरपालिका तथा निर्वाचन क्षेत्र रहेको कैलाली क्षेत्र नम्बर ५ मा उनले आज उम्मेदवारी घोषणा गरेका हुन ।
धनगढीको निर्माण ब्यबसायी सघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी क्षेत्र नम्बर ५ को सभापतिमा उमेदबार्री घोषणा गरेका हुन ।
आफ्नो क्षेत्रमा संघीय, प्रदेश र स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई कसरी जिताउन लागि पर्ने र जिताउने बताउदै उनले पार्टीलाई कसरी माथि उकास्ने भन्नेमा बढी सक्रिय भएर लाग्ने बताए ।
यस्तै सोमबार कैलाली निर्वाचन क्षेत्र नम्बर ५ कै सभापतिका लागि वर्तमान सचिव भीम पडालले उम्मेदवारी घोषणा गरिसकेका छन । नगर कमिटी र क्षेत्रीय कमिटीमा सदस्य भइसकेका मुडभरी विश्व भाषा क्याम्पसको स्ववीयू सभापति पनि भइसकेका छन ।
३० कात्तिक २०७८, मंगलवार १३:५६ बजे प्रकाशित






























