punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लागुऔषधसहित ३ जना पक्राउ

Chaupati
safha napa

कैलाली प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट सोमबार दिउँसो ३ बजे उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–५ का २२ वर्षीय पुस्कर सुनार, वडा नमबर १२ बस्ने २७ वर्षीय टेकराज भट्ट र रुपन्देही बुटवल उपमहानगरपालिका–६ घर भई हाल धनगढी उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय शुभम क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरुको साथबाट खैरो हिरोइन २५० मिलीग्राम, नाइट्राभेट ११९ ट्याब्लेट, प्रोक्सीवेल स्पास २३ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरलिे जनाएको हो ।


२९ कात्तिक २०७८, सोमवार १७:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु