punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दिल्लीमा लकडाउन

Chaupati
safha napa

वायू प्रदूषणको अवस्था विकराल बनेपछि भारतको राजधानी दिल्लीमा लकडाउनको तयारी भएको छ ।मुख्यमन्त्री अरविन्द केजरीवालले राज्य सरकारले लकडाउन योजना बनाइरहेको जानकारी त्यहाँको उच्च अदालतलाई दिएका छन् ।

भारतीय संचारमाध्यमका अनुसार मुख्यमन्त्री केजरीवालले दिल्लीमा बढिरहेको प्रदूषणलाई पूर्णरुपमा रोक्न लकडाउनको विकल्पमा अघि बढ्न सकिने जवाफ दिएका हुन् ।

भारतको सुप्रिम कोर्टले वायू प्रदूषणलाई तत्काल रोकथाम गर्ने योजना सोमबार पेश गर्न केन्द्र र राज्य सरकारलाई निर्देशन दिएको थियो । अदालत आफैले लकडाउन गर्न सुझाव समेत दिएको थियो ।दिल्लीको वायुको गुणस्तरमा सोमबार केही सुधार आएको जनाइएको छ ।

गम्भीर श्रेणीबाट अति खराबको सूचीमा एक्युआइ आएको छ । दिल्लीको एक्युआइ आज ३३८ पीएम छ ।एक्युआइ शून्यदेखि ५० को बीचमा रहनुलाई स्वस्थकर वायू मानिन्छ । आजदेखि दिल्लीमा एकसातासम्म विद्यालय र सरकारी कार्यालय बन्द रहेका छन् ।

 


२९ कात्तिक २०७८, सोमवार १७:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु