धनगढी नगर सभापतिमा उपाध्याय र क्षेत्रीय सभापतिमा पडालको उम्मेदवारी घोषणा
धनगढी उपमहानगरपालिका नगर कार्यसमिति सभापतिमा यज्ञराज उपाध्याय र क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापतिमा भीम पडालले सोमबार उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार हुने नगर अधिवेशन र मंसिर ६ गते हुने क्षेत्रीय अधिवेशनका लागि पडाल र उपाध्यायले संयुक्त रुपमा सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।
उपाध्यायले १३ औँ महाधिवेशनमा आफू नगर सचिव भएर काम गर्दै आएको अनुभव रहेकाले नगर सभापतिमा आफनो उम्मेदवारी रहेको बताए । विधार्थी कालदेखिनै राजनीति गर्दै आएको उनले बताए । आगामी निर्वाचनमा तिनवटै तहमा काँग्रेसलाई बहुमत दिलाउने हिसावले आफू लाग्ने उनले बताए ।
पडालले १३ औ महाधिवेशनमा आफू क्षेत्रीय सचिव भएर काम गरेको र काँग्रेसको प्रत्येक सगठन र गतिविधीमा काँग्रेसलाई ससक्त बनाउन आफनो ठूलो भूमिका रहेको बताए । नेताहरुको सल्लाह अनुसार नै आफनो उम्मेदवारी घोषण गरेको उनले बताए ।
२९ कात्तिक २०७८, सोमवार १७:३७ बजे प्रकाशित































