punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आउँदो चुनावमा केपी गुट पत्तासाफ गर्छौं : नेपाल

'सूर्यमा ग्रहण लागिसक्यो'

Chaupati
safha napa

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदो चुनावमा केपी शर्मा ओली गुटको ‘पत्तासाफ’ हुने दाबी गरेका छन्।बुधबार डडेल्धुरा सदरमुकाममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पाँच पार्टीको गठबन्धनले आउने चुनावमा ओली गुट पत्तासाफ पार्ने दाबी गरेका हुन्।

उनले आउँदो चुनावसम्म पाँच दलको हालकै गठबन्धन कायम रहने पनि बताए। ‘अहिले पाँच दलको गठबन्धन छ। आउने चुनावमा पाँचै पार्टी मिलेर जाने छौं। त्यो पाँचै दलबीच सहमति भइसकेको छ,’ अध्यक्ष नेपालले भने, ‘केपी गुटको पत्तासाफ गरिदिनेछौँ।’

उनले एमाले पार्टीको अब भविष्य नरहेको पनि तर्क गरे। ओली गुटमा गएका मान्छेहरू पनि अहिले पछुताइरहेको उनको भनाइ थियो। उनीहरू त्यसबाट कसरी उम्किने भनेर उपायको खोजी गरिरहेको अध्यक्ष नेपालले बताए।

भीम रावललगायतका नेताहरूप्रति लक्षित गर्दै उनले ओली कहिले नसुध्रने भन्दै विद्रोह गरेर समाजवादीमा आउन आग्रहसमेत गरे। यसका साथै अध्यक्ष नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको पनि टिप्पणी गरेका छन्।

उनले एमालेमा रहँदा आफूले नै सूर्य चिन्ह ल्याएको भएपनि अब त्यसमा ग्रहण लागिसकेको दाबी गरे।‘सूर्य चिन्ह ल्याउने मान्छे मै हुँ, निर्वाचन आयोगमा गएर त्यसका लागि लडें’, उनले भने, ‘तर के गर्ने आज त्यही सूर्य चिन्हमा ग्रहण लागेको छ।

अहिले हामी कलम लिएर मेचीदेखि महाकालीसम्मको अभियानमा उभिएका छौं। अब जनताले चिन्नेछन् न्यायको पक्षमा उभिने कलम नै सही रहेछ।’उनले समाजवादी पार्टीलाई टोलटोल र गाउँगाउँमा पुर्‍याउन नेता कार्यकर्तालाई निर्देशनसमेत दिएका छन्।


२४ कात्तिक २०७८, बुधवार १५:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु