punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतका यातायातमन्त्री गडकरी नेपाल आउँदै

Chaupati
safha napa

भारतका यातायातमन्त्री नितिन गडकरी नेपाल भ्रमणमा आउने भएका छन्।सत्तारूढ भारतीय जनता पार्टीका वरिष्ठ नेता गडकरी पतञ्जलि योगपीठ (नेपाल) को निम्तामा मंसिर २ गते काठमाडौं आउने भएका हुन्।

पतञ्जलि योगपीठले मंसिर ३ गते काठमाडौंमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुन उनी यहाँ आउने भएका हुन्।योगपीठका नेपाल प्रमुख शालिग्राम सिंहले भारतीय मन्त्री गडकरी नेपाल आउने निश्चित भएको जानकारी दिए।

उनका अनुसार गडकरीले प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम पनि छ। साथमा योगगुरु रामदेव र आचार्य बालकृष्ण पनि नेपाल आउनेछन्।उनीहरूको टोली मंसिर ३ गते स्वदेश फर्किनेछ।

नेपालस्थित भारतीय दूतावासले भने गडकरीको नेपाल भ्रमणको औपचारिक जानकारी नरहेको बताएको छ।​गडकरी पतञ्जलि योगपीठले ल्याउन लागेका दुईवटा टिभी च्यानल आस्था नेपाल र पतञ्जलि (नेपाल) को उद्घाटनमा सहभागी हुनेछन्। ती च्यानलको उद्घाटन प्रधानमन्त्री देउवाले गर्नेछन्।


२४ कात्तिक २०७८, बुधवार १२:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु