punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरा सडक अवरुद्ध हुँदा ६ स्थानीय तहमा औषधि अभाव

Chaupati
safha napa

बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका ६ स्थानीय तहमा औषधि अभाव भएको छ। बाजुराका पूर्वी उत्तरी भेगका चार र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्यचौकीमा ४० प्रकारका औषधि निः शुल्क वितरण हुनुपर्छ।

तर, यतिबेला बाजुराका पालिकाका स्वास्थ्य संस्थामा ४० प्रकारको औषधि समेत पाइँदैन। हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो । यस्तै खप्तड छेडेदह गाउँपालिका, बडीमालिका र त्रिवेणी नगरपालिकामा पनि औषधि पर्याप्त छैन।

अवरुद्ध सडक सुचारु नहुँदा पालिकाहरुमा औषधि अभाव भएको हिमाली–१ विच्छ्याका अहेव विमला पाण्डेले बताए। उनका अनुसार स्वास्थ्यचौकीमा सरकारले उपलब्ध गराउने ४० प्रकारका औषधिसमेत आउने गरेको छैन। स्वास्थ्य संस्थामा बिरामी बढ्दै गएकाले औषधि अभाव भएको स्वास्थ्यकर्मीले बताएका छन्।

चिसो बढेसँगै स्वास्थ्यचौकीहरुमा ज्वरो, निमोनिया, क्षयरोगी, झाडापखालालगायतका बिरामी आउने गरेका छन्। ‘स्वास्थ्य संस्थामा बिरामी सिकिस्त भएपछि मात्रै उपचारका लागि आउने गर्दछन् । उनीहरूलाई उपचार गर्दा औषधि अभाव भएकाले कोल्टी वा अन्यत्र पठाउने गरेका छौँ ,’ उनले भने।

स्वामीकार्तिक–२ बर्कु आधारभूत स्वास्थ्य केन्द्रका अहेव बद्री शाहीले बाटोको समस्याका कारण स्वास्थ्य संस्थामा औषधि अभाव भएको बताए। बर्कु स्वास्थ्यचौकीमा सिटामोल सहित अन्य औषधिसमेत अपुग भएको छ।पूर्वी उत्तरी भेगको जगन्नाथ –१ मा रहेको जगन्नाथ स्वास्थ्य चौकीका प्रमुख फूलमाया उपाध्यायले सिटामोल समेत सकिएको जानकारीद दिए।

स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले सडक नखुलेका कारण जिल्लामा औषधि अभाव भएको बताए।बाटो नखुलेका कारण प्रदेश स्वास्थ्य निर्देशनालयले जिल्लामा औषधि नपठाएको छैन। स्थानीय तहमा औषधि अभाव नहुने गरी निर्देशनालयमा माग गरिएको उपाध्यायले बताए।यहाँका बुढीगङ्गा नगरपालिका र गौमुल गाउँपालिकामा भने औषधि पर्याप्त छ। जिल्लाका स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, हातखुट्टा दुख्ने, जोर्नी दुख्ने, झाडापखाला र वान्ताका बिरामी बढी आउने गरेका छन्।


२४ कात्तिक २०७८, बुधवार ०९:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु