punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रावललाई भट्टको जवाफ : असन्तुष्टि सामाजिक सञ्जालमा लेखेर केही हुँदैन

Chaupati
safha napa

नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले उपाध्यक्ष भीम रावललाई आफ्ना असन्तुष्टि पार्टी बैठकमा राख्न आग्रह गरेका छन्।एमाले सुदूरपश्चिम कमिटीको बैठकलाई मंगलबार सम्बोधनका क्रममा भट्टले कुनै पनि नेताका फरक मत र असन्तुष्टि सामाजिक सञ्जालमा पोख्न ठीक नहुने बताए।

‘आफ्ना फरक मत र असन्तुष्टि व्यक्त गर्न पार्टी कमिटी छन्, बैठकमा व्यक्त गर्न सकिन्छ’, उनले भने, ‘यस्ता कुरा पार्टी कमिटीका बैठकमा राख्नु ठीक हुन्छ। सामाजिक सञ्जालमा लेख्नु उचित हुँदैन।’

नेकपा खारेज भएर ब्यूँतिएको एमाले २०७५ जेठ २ मा फर्किँदा आफू सुदूरपश्चिम इन्चार्ज हुनुपर्ने मत रावलले राख्दै आएका छन्।तर एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले नेकपाको निरन्तरता पनि भएकाले बागमती र सुदूरपश्चिम इन्चार्ज पहिलेकै कायम गर्न नसकिने अडान राख्दै आएका छन्।

तर रावलले असार २७ को १० बुँदे सहमति अनुसार एमाले सुदूरपश्चिम कमिटी जेठ २ मा नफर्किएकाले त्यसका नाममा हुने बैठकलाई अवैधानिक भनेका छन्।उपाध्यक्ष रावलले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई १० बुँदे सहमति विपरीतको अवैधानिक भन्दै सामाजिक सञ्जाल ट्विटरमार्फत आपत्ति प्रकट गरेका थिए।

तर अहिले सुदूरपश्चिम कमिटीको बैठक एमाले कैलालीको पार्टी कार्यालयमा चलिरहेको छ। जहाँ उपाध्यक्ष रावल सहभागी छैनन्।यो बैठकमा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सह(इन्चार्ज नारदमुनि राना, प्रदेश अध्यक्ष कर्णबहादुर थापा, नेतृ निरु पाल र सचिव राजेन्द्रसिंह रावलसहितका नेता सहभागी छन्।

‘आज हुने भनिएको कथित सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ विपरीत छु, रावलले भनेका थिए, यो गुटबन्दीको नमूना हो। यो बैठक र यसका निर्णय अवैध र अमान्य छन्। अपानि १२ झापामा लागू हुने, सुदूरपश्चिममा लागू नहुने किन? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि?’

रावलले एमाले ब्यूँतिएदेखि सुदूरपश्चिममा आफ्नो कमाण्ड हुनुपर्ने अडान राख्दै आएका छन्। तर एमालेले भट्टलाई त्यहाँको जिम्मेवारीमा यथावत राखेर महाधिवेशनमा जाँदैछ।


२३ कात्तिक २०७८, मंगलवार १५:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु