punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एलपिएलको बलियो पार्टनरमा अब ‘बलियो नेपाल’

Chaupati
safha napa

आगामी माघ दोश्रो साताबाट आयोजना हुने विद्यालय स्तरीय यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को छैठौँ संस्करणमा बलियो पार्टनरका रुपमा बलियो नेपाल न्युट्रीसन इनिसियटिभ जोडिएको छ ।

सोमबार बलियो नेपाल न्युट्रीसन इनिसियटिभको सानेपा ललितपुरस्थित कार्यालयमा बलियो नेपालका प्रमुख कार्यकारी निर्देशक डा. अतुल उपाध्याय र लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बलियो पार्टनरकोरुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताबाट नेपाली उमेर समुहको क्रिकेटको उत्थानमा थप टेवा पुग्ने बताउँदै अध्यक्ष शाहीले भने,‘यस्तो सहयोगले सुदूरमा विद्यालय स्तरका खेलाडीको खेल क्षमता बढ्ने र हौसला थपिने छ ।’ लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष शाहीले १९ बर्ष मुनिका क्रीकेट खेलाडीको खेल क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको छैटौं संस्करणको निरन्तरता दिइएको बताए ।

प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय टिमको सहभागिता रहने बताइएको छ । जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ स्टोन इङ्लिस स्कुल धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् ।

त्यसैगरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली, शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौँले पनि सहभागिता जनाउने छन् ।

लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् । प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइनेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपीसिंह धामीले बताए । त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ ।


२२ कात्तिक २०७८, सोमवार १८:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु