punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा यू–१९ क्रिकेट टोली छनोट

Chaupati
safha napa

मंसिरमा आयोजना हुने वाइवाइ यू–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीको टोली घोषणा गरिएको छ।जिल्ला क्रिकेट संघले कात्तिक २१ गते छनोट क्याम्प सञ्चालन गरेर खेलाडी छनोट गरेको हो। खडकबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको छ।

टोलीका अन्य सदस्यहरूमा गजेन्द्र बोहरा, दीपक बोहरा, प्रदीप चन्द, सुनील चन्द, वीरेन्द्र नाथ, श्याम साउँद, नरेन भट्ट, भुपेन्द्र चन्द, वीरेन्द्र चन्द, हेमन्त चन्द, विशाल चन्द, निरज रावल र सुरेन्द्र ऐरी रहेका छन्।

यस्तै धीरज मल्ल, सन्तोष चन्द, दीपेन्द्र भण्डारी र जीवन चन्द वैकल्पिक खेलाडीको रुपमा छनोट भएका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लालबहादुर चन्दले बताए।

यसका साथै प्रशिक्षकका रुपमा शेरसिंह खत्री र टिम व्यवस्थापकमा लोकराज जोशीलाई चयन गरिएको संघले जनाएको छ। छनोट भएको टोलीले कात्तिक २४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा हुने प्रदेशस्तरिय छनौट प्रतियोगितामा सहभागिता जनाउने भएको छ।

प्रदेशस्तरिय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइने छ। उक्त टोली राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ। नेपाल क्रिकेट संघको आयोजनामा मंसिर ४ गतेदेखि यु–१९ को राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ।


२२ कात्तिक २०७८, सोमवार १६:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु