punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप ३९० जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

Chaupati
safha napa

देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०२६ जनाको नमूना परीक्षणमा ३ सय ९० जनामा कोरोना संक्रमण देखिएको हो।

पीसीआर विधिबाट ३७१ र एन्टिजेन विधिबाट १९ जनामा संक्रमण देखिएको छ। सोहि अवधिमा कूल दुई हजार ६०६ जनाको पीसीआर र २ हजार ४२० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। ४ सय २५ जना संक्रमणमुक्त भएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय ५४ रहेको छ।


२२ कात्तिक २०७८, सोमवार १६:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु