punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाकाली नगरपालिकाद्वारा बेसाहारा जेष्ठ नागरिकलाई राशन कार्ड वितरण

Chaupati
safha napa

महाकाली नगरपालिकाले नगरपालिकाभित्रका बेसहारा जेष्ठ नागरिकलाई राशन कार्ड वितरण गर्न सुरु गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा ‘बेसहारा आमा बुवाको सहारा नगर प्रमुख’ कार्यक्रममार्फत जेष्ठ नागरिकलाई राशन कार्ड वितरण सुरु गरेको हो ।

नगरपालिकाको चालू आिर्थक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा समावेश गरिएको योजना अनुसार महाकाली नगर प्रमुख हंशराज भट्टले वडा नम्बर ७ र ८ का बेसाहारा जेष्ठ नागरिकलाई राशन कार्ड वितरण सुरु गर्नुभएको हो ।

रासन कार्डमार्फत विभिन्न कारणले छोराछोरी नभएका वा छोराछोरी गुमाएर एक्लो भएका आमा बुवालाई मासिक रुपमा निशुल्क खाद्यान्न उपलब्ध गराइने गरि राशन कार्ड वितरण गरिएको नगर प्रवक्ता पदमसिह महराले जानकारी दिए । नगरपालिकाले दुई वटा वडाका १८ जना बेसाहारा आमा बुवालाई रासन कार्ड वितरण गरिएको उनले बताए ।

नगरपालिकाले कार्यविधि अनुसार ६० वर्षभन्दा माथीका बेसाहारा आमा बुवालाई मासिक रुपमा निशुल्क खाद्यान्न वितरण हुने जनाएको छ । कार्यक्रम अन्तर्गत प्रति व्यक्ति १५ किलोग्राम चामल, समान २–२ किलोग्राम नुन र दाल, २ लिटर तेल तथा ४ गोटा नुहाउने र ४ गोटा लुगा धुने साबुन उपलब्ध गराइने छ । नगरपालिकाले सञ्चालन गरेका सुफथ मूल्यका पसलहरुबाट खाद्यान्न उपलब्ध हुनेछ ।

साथै बेसाहारा आमा बुवाको साहारा नगरप्रमुख कार्यक्रममार्फत १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा गरी निशुल्क उपचारको व्यवस्था गरिएको नगर प्रमुख हंशराज भट्टले बताउनुभयो । यो कार्यक्रम निरन्तर चल्ने बताइएको छ ।

बेसाहारा आमा बुवाले कातिक महिनादेखि निशुल्क रुपमा खाद्यान्न लगायतका उपभोग्य वस्तु पाउने छन् । साथै बेसाहारा आमा–बुवाको साहारा नगर प्रमुख कार्यक्रम मार्फत १ लाख बराबरको स्वास्थ्य बिमा गरी निःशुल्क उपचारको व्यवस्था समेत गरीएको नगर प्रमुख भट्टले बताए ।

तिहार लगत्तै सबै वडाका बेसाहारा आमा बुवालाई निःशुल्क रासन कार्ड वितरण गर्ने योजना नगरपालिकाको छ ।यस्तै नगरपालिकाले टुहुरा बालबालिकाको अभिभावक नगरप्रमुख कार्यक्रममार्फत टुहुरा बालबालिकाहरुको पालन पोषण र शिक्षामा बढी जोड दिदै आएको छ ।


१९ कात्तिक २०७८, शुक्रवार १४:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु