punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जाजरकोटमा मिनी ट्रक दुर्घटना‚ दुईको मृत्यु

Chaupati
safha napa

जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति ११ बजे रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको प्रहरीले जनाएको छ।

गाडीमा १० जना रहेको जनाइएको छ। दुर्घटनामा ठेगाना नखुलेको दिलबहादुर शाही, नाम नखुलेको एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। एक जना बेपत्ता छन्।

दुर्घटनामा परी आशिका खड्का, करिस्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, चालक धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन्।


१९ कात्तिक २०७८, शुक्रवार ०८:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु