punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका एक वडाध्यक्षको मोटरसाइकल प्रहरी नियन्त्रणमा

Chaupati
safha napa

कैलालीमा एक वडाध्यक्षको मोटरसाइकल प्रहरीको कब्जामा परेको छ । जिल्ला मोहन्याल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष छवीलाल हौजालीले प्रयोग गर्दै आएको सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रहरीको कब्जामा परेको हो । वडा कार्यालयको से१ब ७८२ नम्बरको सरकारी मोटरसाइकल झैझगडामा प्रयोग गरिएको भन्दै प्रहरीले कब्जामा लिएको हो ।

गत असोज २९ गते चुरे गाउँपालिका–४, बालुवागडामा बिहे भोजमा वडाध्यक्षका भतिजा चक्रबहादुर हौजालीले सरकारी मोटरसाइकल प्रयोग गरेर झैझगडा गरेका थिए । ‘सरकारी मोटरसाइकलमा तीन जना बोकेर वडाध्यक्षका भतिजा चक्रबकादुरले स्थानीयलाई कुटपिट गरेका थिए,’ स्थानीय कृष्णबहादुर कामीले भने,‘सरकारी गाडीको दुरुपयोग गरेर स्थानीयलाई कुटपिट गर्नु गलत हो ।’ कुटपिटपछि स्थानीयले सरकारी मोटरसाइकल कब्जामा लिई प्रहरीलाई बुझाएका थिए ।
दशैंको बिदामा सरकारी मोटरसाइकल प्रयोग गरेर झैझगडा गरिएको देखिएको बताउँदै इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी प्रेम शाहीले भने,‘वडाध्यक्षको मोटरसाइकल स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएको थियो ।’

अहिले सो मोटरसाइकल इलाका प्रहरी कार्यालय चौमालामा राखिएको छ ।वडाध्यक्ष छवीलाल हौजालीले आफू चढ्दै आएको सरकारी नम्बर प्लेटको गाडी भतिजा चक्रबहादुर हौजालीलाई सामाजिक सुरक्षा भत्ताको कागजात बनाउनका लागि दिएको स्वीकारे । उनले भने,‘मैले त सरकारी कामका लागि मोटरसाइकल दिएको थिए, तर उनी भने बालुवागडा गएका रहेछन् ।’

असोज २९ गते भएको झगडामा वडाध्यक्षका भतिजालगायतको समूहको कुटपिटबाट बालुवागडाका स्थानीय चक्र खत्री, महेन्द्र गुरुङ र खगेन्द्र खत्तेडी, कृष्ण बिक घाइते भएका थिए । स्थानीय पीडित युवाहरुले पीडकका नाममा जाहेरी दिए पनि प्रहरीले जाहेरी लिन मानेको छैन ।


९ कात्तिक २०७८, मंगलवार १४:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु