punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीम रावल भन्छन्- सुदूरपश्चिमका कुनै पनि वडामा अधिवेशन भएको छैन

Chaupati
safha napa

नेकपा एमाले उपाध्यक्ष भीम रावलले सुदूरपश्चिमका कुनै पनि जिल्लामा वडा अधिवेशन नभएको बताएका छन्।उपाध्यक्ष रावलले वडा अधिवेशनको विवरण आफूलाई प्राप्त नभएको बताए।

‘वडा अधिवेशनको विवरण प्राप्त भएको छैन। सुदूरपश्चिममा कहीँ पनि वडा अधिवेशन भएको छैन,’ उनले भने, ‘कर्णालीको पनि कतिपय ठाउँमा भएको छैन भन्ने सुनेको छु। तर सबै सूचना के हो, कसो हो प्राप्त भएको छैन।’

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले भने ६ हजार ७४३ वडामध्ये ६ हजारभन्दा बढी वडामा अधिवेशन भएको बताए।

‘सुदूरपश्चिमका सबै वडामा अधिवेशन भएको छैन भन्नु गलत हो। बाढी प्रभावित कतिपय ठाउँमा वडा अधिवेशन भएको छैन,’ उनले भने, ‘देशभरिको सूचना संकलन गरिरहेका छौं। ६ हजारभन्दा धेरै वडामा अधिवेशन भइसकेको छ।’


८ कात्तिक २०७८, सोमवार १८:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु