जेलमा रहेका शाहरुखका छोरा आर्यनले खानापानी, जेलका कर्मचारी चिन्तित

बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खानापानी खान छोडेका छन् । लागुऔषध मुद्दामा आर्थर रोड जेलमा रहेका उनले जेलको खाना र पानी खान नमानेको बताइएको छ ।

आर्यन जेलमै बैठक कोठा, पुस्तकालय, खेल क्षेत्र, जस्तै धेरै सुविधाहरु पाएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार आर्यन खान जेल भित्र रोएर बस्ने खाना नखाने र पानीसमेत नपिएपछि जेलका कर्मचारी चिन्तित भएका भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

शाहरुख आर्यनलाई जेलबाट छुटाउन कोसिस गरिरहेका छन् तर आर्यनलाई ३० अक्टोबरसम्म न्यायिक हिरासतमा राख्नुपर्ने अदालतको आदेश रहेको छ ।

 


६ कात्तिक २०७८, शनिवार १४:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु