सुर्खेतमा बम विस्फोट, दुई जना घाइते
सुर्खेतमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–७, कटकुवा सामुदायिक वनमा बम विस्फोट हुँदा घाँस काटिरहेका दुई दिदीभाई घाइते भएका हुन् ।
बिहान झण्डै ११ बजे भएको बम विस्फोटमा दैलेख गुराँस गाउँपालिका–६ की २१ वर्षीया लीला नेपाली र उनका भाइ १४ वर्षीय नरेश परियार रहेको सुर्खेत प्रहरीले जनाएको छ ।
घाइतेहरूको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बम कसले राख्यो, कसरी विस्फोट भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
६ कात्तिक २०७८, शनिवार १४:४२ बजे प्रकाशित












