कैलालीमा बाघको आक्रमणबाट १ जना घाइते

कैलालीको टीकापुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा टीकापुर नगरपालिका–५ नुक्लीपुरका २२ वर्षीय दिपक चौधरी घाइते भएका हुन् ।

साथीहरुसंग कर्णाली नदीमा आएको बाढी हेर्न जाने क्रममा बुधबार दिउँसो २ बजे टिकापुर पार्क जङ्गल नजिक चौधरीलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट चौधरीको दाहिने काधँमा दुईवटा प्वाल परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घाइते चौधरीको टिकापुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिए । उनका अनुसासर अन्य चार जना भने सकुशल छन् ।


३ कात्तिक २०७८, बुधवार १६:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु