punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एम्बाप्पेले पेनाल्टीमा गोल गरेपछि पीएसजीको जीत

Chaupati
safha napa

किलियान एम्बाप्पेले पेनाल्टीमार्फत् गोल गरेपछि पेरिस सेन्ट जर्मेनले एंगर्सलाई २–१ गोल अन्तरले पराजित गरेको छ।खेलमा एंगर्सका खेलाडीले बल ह्यान्ड गरेपछि ८६ औँ मिनेटमा पाएको पेनाल्टीलाई एम्बाप्पेले सजिलै गोलमा परिणत गरेका हुन्।

पीएजसी खेलको पहिलो हाफमा गोलबिहीन बनेको थियो। खेलको ३६ औँ मिनेटमा एन्जेलो फुल्गिनीले गोल गरेपछि पीएसजी एक गोलले पछि परेको थियो।

दोस्रो हाफमा डानिलो पेरेराले हेडरमार्फत गोल गर्दै पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको अन्त्यतिर भिडियो एसिस्टेन्ट रेफ्रीले सम्भावित ह्याण्डबलका लागि सङ्केत गरेपछि रेफ्रीले भिडियो रिभ्यूको मद्दतले पीएसजीलाई पेनाल्टी प्रदान गरेका हुन्।

यो अवसरमा एम्बाप्पे चुकेनन्। उनले पेनाल्टीमार्फत् सजिलै गोल गरे। यो विजयसँगै २७ अंकसहित पीएसजी लिगको शीर्ष स्थानमा छ।

 


३० असोज २०७८, शनिवार ०८:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु