punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

Chaupati
safha napa

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन्। अत्तरिया नजिक से६प ६७७३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका– १२ का २६ वर्षीय करन कुँवर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनको निसर्ग अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ ।

यस्तै मोटरसाइकल चालक सोही ठाउँका २२ वर्षीय राम साउँदको पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताइएको छ।


३० असोज २०७८, शनिवार ०८:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु