punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ट्यांकर पार्किङले दुर्घटनाको जोखिममा मोहना-अत्तरिया सडकको चटकपुर क्षेत्र

Chaupati
safha napa

निर्माणाधिन मोहना–अत्तरिया सडकको चटकपुर क्षेत्रमा ट्यांकरहरुले जोखिम बढाएका छन् । ६ लेन सडकको चटकपुर क्षेत्रमा लस्करै पार्किङमा राखिएका ट्यांकरहरुले जोखिम बढाएका हुन् ।

सडक छेउमै रहेको आयल निगमको कार्यालयका पेट्रोलियम पदार्थको ढुवानीका लागि हाल ८७ ट्यांकर छन् । पार्किङका लागि स्थल नहुँदा २४ देखि ४८ घण्टा सम्म ती ट्यांकर सडक छेउमा राखिदै आएका छन् ।

जसले सवारी दुर्घटना र आगलागीको जोखिम बढाएको आयल निगम सुदूरपश्चिमका प्रमुख रामकुमार न्यौपानेले बताए । उनले ८७ वटा ट्यांकरले पेट्रोलियम पदार्थहरु बोक्ने गरेको भएपनि पार्किङ स्थलको अभावमा ट्यांकरहरुले सडकमै रोकिरहेको बताए ।

उनले भने, ‘पहिला जनघनत्वहरु कम थियो, बिस्तारै बढ्न थालेपछि हामीले यस डिपोको सेवा सुविधा पनि बिस्तार गर्यौं, अहिले ८७ वटा ट्यांकरले तेल ढुवानी गरिरहेका छन्, तर पार्किङ स्थलको व्यवस्था हुन सकेको छैन, जसकारण सडकमै ट्यांकर होल्डिङ गरिरहनु परेको छ, २४ घण्टा, ४८ घण्टा वा त्यो भन्दा पनि बढी होल्डिङ गर्छन्, जसले सवारीसाधनको आवतजावतलाई असर परेको छ, यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।’

६ लेन सडकमा भइरहेको अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिम निकै बढाएको छ भने साउन यता मात्रै १४ दुर्घटनामा १ जनाको मृत्यु र १२ जना घाइते भएका छन् । निर्माणाधीन अवस्थाकै ६ लेन सडकमा हालसम्म ११ जनाले ज्यान गुमाइसकेका छन् ।

 


२८ असोज २०७८, बिहीवार १८:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु