punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेसँग संवाद गर्न तयार छु: सभामुख सापकोटा

Chaupati
safha napa

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारू गराउन नेकपा एमालेसँग छलफल गर्न तयार रहेको बताएका छन्।उनले संसद चलाउनको लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताका हुन्।

बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताएका थिए।सभामुख सापकोटाले सकेसम्म आफू तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बताए।

‘संवादको विकल्प छैन, ढिलो चाँडो उहाँहरू संवादमा आउनुहुन्छ, उनले भने, के पक्ष के विपक्ष, सबैभन्दा बढी भूमिका त सदनको हिसाबले सभामुखको नै हो। के गर्नुपर्छ त्यसको लागि म तयार छु। तर सरकार, सभामुख, विपक्षी दलको नेताको र समस्त सांसदहरूको सबै दायित्व हुन्छ।

उनले दसैंको अवसरमा सबैमा सकारात्मक सोचको विकास होस् भन्ने कामना समेत गरेका छन्। आफूले संविधान र प्रतिनिधि सभाको नियमावली टेकेरै आफ्ना कार्य सम्पादन गर्नुपर्ने भन्दै सबैले समीक्षा गरी सकारात्मक सोचका साथ संवाद गर्नुपर्ने उनको भनाइ थियो।कात्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्नेमा आशावादी रहेको उनले बताए।


२७ असोज २०७८, बुधवार १४:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु