गौरीफण्टा नाकामा कोभिड–१९ साहायता कक्ष

कैलाली संगै जोडिएको गौरीफण्टा नाकामा कोभिड–१९ साहायता कक्ष राखेको छ । दिगो विकास समाज भजनी र लुथ्रनको साझेदारीमा कार्डियोडको आर्थिक सहयोगमा आईतबार देखि साहायता कक्ष राखिएको हो ।

साहायता कक्षमा धनगढी उपमहानगरपालिकाको समन्वय समेत रहेको छ ।दसैँ, तिहार समयमा रोजगारको सिलसिलामा भारत गएकाहरु घर फर्किने हुँदा सीमामा अत्याधिक भिडभाड हुने गर्दछ ।दिगो विकास समाज भजनीका सामाजिक परिचालक महेश सुनारले भारतबाट आउने नागरिकहरुलाई लक्षित गरी ४ दिने साहायता कक्षा राखेको बताए ।

‘रोजगारको सिलसिलामा भारत गएकाहरुको स्वास्थ्य सुरक्षालाई मध्येनजर गदैँ ४ दिने साहायता कक्ष राखेको छ’, उनले भने । ‘यस बाट नागरिकहरुलाई निःशुल्क सेनिटाइजर र मास्क दिनुका साथै जनचेतना समेत बाड्ने काम हुन्छ ।’ सुनारले आफु लगायत कोभिड–१९ सम्बन्धि सामाजिक परिचालक तिलख बडुवाल र मीना चौधरीले समेत परामर्श समेत गरिने बताए ।

दसैँ तथा तिहार सुरु भएसंगै भारत बाट आउनेहरुको गौरीफण्टा तथा गड्डा चौकी नाकामा थामी नसक्नु भीड लागेको छ । आजभोली गौरीफण्टा नाकाबाट दैनिक ५ सय एक हजार सम्म भारत बाट आउने गरेका छन् ।


२४ असोज २०७८, आइतवार १८:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु