विश्व मानसिक स्वास्थ्य दिवसमा अन्तरक्रिया कार्यक्रम

स्वास्थ्य कार्यालय कैलालीले विश्व स्वास्थ्य दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सरोकारवालाको उपस्थितिमा आईतबार मानसिक स्वास्थ्य दिवसमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्की, प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक डाक्टर खगेन्द्र बम, डाक्टर गणेश खड्का लगायत विभिन्न संघ संस्थाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामी ले मानसिक स्वास्थ्यको अवस्थ बारे प्रस्तुतीकरण गरेका थिए ।

त्यस्तै मानसिक रोग विशेषज्ञ डाक्टर गणेश खड्काले पनि आफ्नो विचार व्यक्त गरेका थिए । यस्तै टिपिओ संस्था कमला बुढाथोकी लगायतले पनि आफ्नो धारण राखेका थिए ।कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय कैलालीका हेल्थ असिस्टेन्ट मिन बहादुर धामिले गरेका हुन् ।


२४ असोज २०७८, आइतवार १८:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु