सुदूरपश्चिमका १३ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा १३ जना कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा २ हजार३२४ जनामा गरिएको एन्टिजेन परिक्षणमा ८ जना र १४ जनामा गरिएको पिसिआर परिक्षणमा ५ जना गरी १३ जना संक्रमित थपिएका हुन ।

यससँगै प्रदेशमा जम्मा संक्रमितको संख्या ४७ हजार ४ सय ३२ पुगेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार आईतबार २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । यससँगै डिस्चार्ज हुनेको संख्या ३७ हजार ५ सय २ पुगेको छ ।


२४ असोज २०७८, आइतवार १८:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु