punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खक्रौला सीमा नाकामा आउजाउ

Chaupati
safha napa

यहाँका नेपाल–भारत सीमाको खक्रौला नाका खुलेपछि सर्वसाधारणको आउजाउ बढ्न थालेको छ । कोरोनाका कारण खक्रौला नाका बन्द थियो । कोभिडको खोप लगाएकालाई मात्र भारतीय सुरक्षाकर्मीले प्रवेश दिएको इलाका प्रहरी कार्यालय सत्तीका प्रमुख प्रहरी नायब निरीक्षक चंखबहादुर कठायतले बताए ।

उनका अनुसार नाका खुलेपछि दैनिक उपभोग्य सामानका लागि सीमा क्षेत्रका बासिन्दा साइकल तथा मोटरसाइकलबाट तिकुनिया बजारसम्म जान थालेका छन् । नाका बन्द हुँदा सर्वसाधारण यहाँका स्थानीय बजार टीकापुर, लम्कीमा किनमेल गर्ने गर्थे ।

नाका खुलेपछि आम उपभोक्ताका नाममा तस्करी हुने खतरा पनि रहने उद्योग वाणिज्य संघ टीकापुरका अध्यक्ष रामबहादुर भण्डारीले बताए । उनले भने, ‘भन्सार नतिरेर ल्याइएको सामान र भन्सार तिरेर ल्याइएको सामानको मूल्यमा फरक पर्नु स्वाभाविक हुन्छ ।

तस्करी हुँदा इमानदार व्यापारीलाई मर्का पर्छ ।’ तिकुनियामा सस्तो सामान पाइन्छ भनेर धेरै उपभोक्ता उतै जाने गर्छन् ।खक्रौला नाकामा रहेको मोहना नदीमा पुल नहुँदा तिकुनिया बजार आउजाउ असजिलो थियो । पुल बनेपछि तिकुनिया बजार जान सकिने भएको हो ।

पुल बनेपछि भारत आवतजावतमा सहज भए पनि नेपालबाट निर्यात गर्ने वस्तु केही नभएको तर किनमेलका लागि उपभोक्ताहरू ठूलो संख्यामा तिकुनिया बजार पुग्ने गर्छन् । चाडबाडका बेला अधिकांश दैनिक उपभोग्य वस्तु सीमापारिकै बजारबाट स्थानीयले किनमेल गर्छन् । नाका खुलेपछि स्थानीय किनमेलका लागि भारत जान थालेपछि निकै घाटा बेहोर्नु परिरहेको टीकापुरका व्यापारीहरू बताउँछन् ।

पूर्वपश्चिम हुलाकी राजमार्गका कारण बर्दियाको राजापुरबाट र सुदूरपश्चिमका धेरै क्षेत्रबाट यो नाका भएर भारतका विभिन्न ठाउँमा जान रेल चढ्न पनि सजिलो हुने हुँदा पुलका कारण यो नाका र यो क्षेत्रको आर्थिक गतिविधि बढ्ने आशा गरिएको थियो ।


२४ असोज २०७८, आइतवार १२:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु